वर्ल्ड मिस युनिभर्सिटी नेपाल हुने

काठमाडौं,
भाद्र ३ ।

वर्ल्ड मिस युनिभर्सिटी नेपाल हुने भएको छ । डायमण्ड स्टार फिल्म इन्टर्टेन्मेन्ट र भिसापार्क एजुकेसन कन्सल्टेन्सीको आयोजनामा वर्ल्ड मिस युनिभर्सिटी नेपाल २०१९ आयोजना हुने भएको हो।यस प्रतियोगिताको विजेताले यही वर्षको अन्तिममा हुने वर्ल्ड मिस युनिभर्सिटिमा नेपालको प्रतिनिधित्व गर्दै बिभिन्न ६० देशका प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्ने अवसर पाउने छिन् ।

सन् १९८६ मा इन्टरनेसनल एसोसिएसन अफ युनिभर्सिटी प्रेसिडेन्टको मातहतमा स्थापना भएको वर्ल्ड मिस युनिभर्सिटी विश्वमा शान्ति स्थायित्व कायम गर्न युएनले कल्पना गरेको प्रतियोगिता हो । यस प्रतियोगिताको मुख्य उद्देश्य भनेको शान्ति र भातृत्व कायम गर्नु र प्रेम बाढ्नु हो । संयुक्त राष्ट्र सङ्घले स्थापित विश्व शान्ति वर्षको उपलक्ष्यमा बुद्धिमत्ता, उच्च नैतिक प्रतिष्ठा, र शारीरिक सौन्दर्य र शक्तिसँग उत्कृष्ट महिला स्नातक छनौट गर्न विश्वविद्यालयमा अअध्ययन गरिरहेका छात्राहरूलाई अवसर प्रदान गर्दै यो प्रतियोगिता आयोजना गरेको हो ।

यस प्रतियोगितामा वर्ल्ड मिस विश्वविद्यालय नेपाल २०१९ विजेता, वर्ल्ड मिस युनिभर्सिटी नेपाल २०१९ फर्स्ट रनर अप, वर्ल्ड मिस युनिभर्सिटी नेपाल २०१९ सेकेन्ड रनर अप गरी तीन मुख्य टाइटल रहेका छन् भने अन्य विभिन्न सब टाइटल पनि रहेका छन् । प्रतियोगितामा जुरिको रूपमा विश्वविद्यालय प्रतिनिधि, ब्यूटीशियन, ड्रेस डिजाइनर, व्यावसायिक मोडल लगायत रहनेछन् जसले प्रतियोगीको क्षमताको मूल्याङ्कन गर्ने छन् ।

यस प्रतियोगिताको टाइटल २००३ मा नेपालको प्रतिनिधित्व गरेकी आयुषा श्रेष्ठले जितेकी थिइन् । केही दिनमा नै प्रतियोगिताको लागी औपचारिक रूपमा आवेदन खुल्ला गरिने र कार्यक्रमलगायतका बारेमा विस्तृत जानकारी सार्वजनिक गरिने डायमण्ड स्टार फिल्म इन्टर्टेन्मेन्टका प्रमुख कार्यकारी अधिकृत विकाश खरेलले जानकारी गराए ।

यसमा तपाइको मत

अन्य समाचार