सिंहदरबारको कार्यालयभित्रै सरकारी कर्मचारीको शव

काठमाडौं,
भाद्र ३ ।

सिंहदरबारमा रहेको सरकारी कार्यालयमा सरकारी कर्मचारीको शव भेटिएको छ । राष्ट्रिय योजना आयोगमा कार्यरत नायब सुब्बा बच्चु केसी सिंहदरबारमा रहेको आफ्नै कार्यालयमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

केसीको शव राष्ट्रिय योजना आयोगकै अनुगमन तथा मूल्याङ्कन हलमा भेटिएको हो । उनको मृत्यु आत्महत्या नै हो वा अन्य कुनै कारण भन्ने थाह लागेको छैन् । प्रहरीका अनुसार घटनास्थल जाँचपछि मृतकको शव पोष्टमार्टमको लागि पठाइनेछ ।

यसमा तपाइको मत

अन्य समाचार