‘भिडियो पसल’ सञ्चालनमा

काठमाडौं,
भाद्र ३ ।

ओएआर डिजिटलले भने अनलाईनको नयाँ एप्स सार्वजनिक गरेको छ । उक्त एप्सलाई ‘भिडियो पसल’ नाम दिएको छ । ‘भिडियो पसल’ अन्य देशरुमा पनि उपलब्ध छ । नेपाली चलचित्र र नेपालीका लागि भने ‘भिडियो पसल’को सम्पूर्ण व्यवस्थापन अधिकार ओएसआर डिजिटलसँग सुरक्षित रहेको जनाईएको छ ।

ओएसआर डिजिटलले एक विज्ञप्ती जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा सञ्चालन भईरहेको ‘भिडियो पसल’ एप्स नेपालमा सञ्चालनमा आएको जनाएको हो । प्रबन्ध निर्देशक ओम अग्रवाल हस्ताक्षरित विज्ञप्तीमा ‘भिडियो पसल’ नेपाली चलचित्र क्षेत्रको संरक्षण तथा प्रवद्र्धनका साथै बजारको दायरालाई फराकिलो बनाउन सञ्चालनमा ल्याईएको बताईएको छ ।

हलमा रिलिजकै दिन पनि ‘भिडियो पसल’मा चलचित्र रिलिज गर्न सकिने योजना रहेको छ । तर, हाललाई रिलिज भईसकेको चलचित्रलाई विश्वभरीका दर्शक समक्ष एकै पटक पुराउने लक्ष्यले ‘भिडियो पसल’ सञ्चालनमा ल्याईएको हो । ‘भिडियो पसल’ मा न्युनतम शुल्क तिरेर नयाँ नयाँ चलचित्रहरु हेर्न पाईनेछ । केही चलचित्रहरु भने निशुल्क हेर्ने व्यवस्था पनि गरिएको छ ।

मोबाईल एप्सबाट विश्वको कुनै पनि कुनाबाट यो एप्स प्रयोग गरि नेपाली चलचित्र हेर्न सकिनेछ । निर्माताहरुको लागि यो नयाँ बजार हुन सक्ने अनुमान छ । यसबाट प्राप्त शेयर भन्ने निर्माण कम्पनी र निर्माताबीच आपसी सहमतिमा हुने ओएसआरका प्रतिनिधी रुपेन्द्र खड्गीले बताएका छन् । ‘भिडियो पसल’बाट चलचित्र कपि हुने, डाउनलोड हुने रलिक हुनसक्ने सम्भाव्यता शुन्य भएको ओएसआर डिजिटलले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार