रवि लामिछानेसहित तीन जनालाई ५ दिन हिरासतमा राख्न अनुमति

चितवन,
साउन ३१ ।

सञ्चारकर्मी रवि लामिछानेसहित तीन जनालाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत, चितवनले पूर्वसहकर्मी सालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको हो । चितवन जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमको इजलासले म्याद थप गरेको प्रहरीले जनाएको छ ।

लामिछानेलाई अदालतमा उपस्थित गराउनुअघि उनका समर्थकले प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले लामिछानेको यथाशिघ्र रिहाइका लागि माग गरेका थिए । प्रहरी कार्यालय बाहिर लामिछानेका समर्थकले प्रदर्शन जारी राखेपछि उनलाई प्रहरीले कडा सुरक्षाकाबीच पछाडीको ढोकाबाट अदालत पुर्याएको थियो ।

बिहीबार साँझ लामिछाने र कँडेललाई न्यूज २४ टेलिभिजनबाटै गिरफ्तार गरिएको थियो भने कलङ्कीबाट अस्मिता कार्कीलाई पक्राउ गरिएको थियो ।

शालिकराम पुडासैनीले मर्नुअघि रेकर्ड गरेको भनेको भिडियोमा रवि लामिछाने, सिधा कुरा जनतासँगका प्रोड्युसर दीपक बोहोरा र रुकु भनिने अस्मिता कार्कीमाथि आफूलाई आत्महरुया गर्न बाध्य पारेको आरोप लगाएका थिए । यही भिडियो सार्वजनिक भएपछि रविलाई अनुसन्धानको लागि पक्राउ थियो।

यसमा तपाइको मत

अन्य समाचार