पोखरामा तीन दिने वृहत चलचित्र पत्रकारिता कार्यशाला गर्दै चलचित्र पत्रकार सङ्घ

काठमाडौं,
साउन ३१ ।

चलचित्र पत्रकार सङ्घ नेपालले आउँदो भाद्रमा तीन दिने वृहत चलचित्र पत्रकारिता कार्यशाला आयोजना गर्ने भएको छ ।
सङ्घले मनोरञ्जनको बिभिन्न बिषयमा कलम चलाउने आफ्ना सदस्य पत्रकारहरुको क्षमता बिस्तारका लागि तीन दिने वृहत चलचित्र पत्रकारिता कार्यशाला आयोजना गर्ने भएको हो ।

सङ्घले भाद्र १८, १९ र २० गते पोखरामा कार्यशाला गर्ने निर्णय गरेको हो । मनोरन्जन पत्रकारिता गरिरहेका पत्रकारले सहभागी हुन पाउने कार्यशालामा सहभागी हुन चाहनेले भाद्र १० गतेभित्र संघको कार्यलयमा नाम दर्ता गर्न सकिनेछ ।

कार्यशालामा सम्बन्धि विधामा दक्ष पत्रकारहरुले पत्रकार आचारसंहिता तथा भिडियो कानुन, फिल्म समीक्षा, डिजिटल पत्रकारिता, पर्यटन र फिल्म पत्रकारिता, फोटो र मल्टीमिडियाको विषयमा प्रशिक्षण दिनेछन् ।

यसमा तपाइको मत

अन्य समाचार