भरतपुरको पर्यटन प्रबद्र्धन गर्ने गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
साउन २९ ।

भरतपुर महानगरपालिकाले नगरको पर्यटनमा सहयोग पुर्याउने उद्देश्यले म्युजिक भिडियो सार्वजनिक गरेको छ । महानगरपालिकाले तयार पारेको गीत गजब टिभी यूट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतकार दिनेश थपलियाको शब्द रहेको गीतमा सत्यराज आचार्य, स्वरुपराज आचार्य, स्मिता दाहाल, विन्दु परियार र ध्रुव विश्कोले स्वर दिएका छन् भने सङ्गीत दीपक शर्माको रहेको छ ।

सरोज ओलीको निर्देशन रहेको भिडियोमा अमन मानन्धरको सम्पादन, रेशिन फागोको कलर, सुदीप बरालको सिनेमाटोग्राफर रहेका छन् ।

भिडियोमा भरतपुर महानगरका सहरी क्षेत्रसँगै प्राकृतिक पर्यटकीय, साँस्कृतिक तथा ऐतिहासिक स्थलहरुको दृश्यहरु प्रस्तुत गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार