‘हिरो नं. १’ को ‘के गर्नु मङ्गले आफ्नै ढङ्गले’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
साउन २९ ।

चलचित्र ‘हिरो नं. १’ को ‘ गीत के गर्नु मङ्गले आफ्नै ढङ्गले’ सार्वजनिक भएको छ । सूर्य रुम्बाको शब्द, सङ्गीत तथा स्वर रहेको उक्त गीतको भिडियोमा जय किशन बस्नेत, एलिना रायमाझी, जाहान्वी बस्नेत, राजिव जंग बस्नेत, शंघरत्न महर्जन, टार्जन, लय संग्रौला, शोभित बस्नेतलगायतका कलाकारहरुको संलग्नता रहेको देख्न सकिन्छ ।

भिडियोको कोरियोग्राफी जय किशन बस्नेत र किशोर थापाले संयुक्त रुपमा गरेका हुन् भने बिनोद सापकोटाको छायाँकनलाई सुदिप पाण्डेले सम्पादन गरेका हुन् । रोमान्सदेखि द्वन्द्वका दृष्यहरु समेत राखिएको भिडियो अत्यन्तै मनोरञ्जक बनेको छ ।

यसमा तपाइको मत

अन्य समाचार