सशस्त्र प्रहरी बल कृष्णनगरको राजस्व बृद्धि गर्ने काममा योगदान

अजय मिश्र,
कपिलवस्तु, कृष्नानगर ।
साउन २८ ।

कपिलवस्तु जिल्ला को सशस्त्र प्रहरी बल नं ३९ गुल्म कृष्नानगर ले आर्थिक बर्ष ०७५/०७६ मा ७७ ,९३,१३०/– सतहत्तर लाख तिरानब्बे हजार एक सय तीस रकम बराबरको भन्सार छलि गरि ल्याउदै गरेको समान भन्सार चलान गरेको छ ।

अबैध सामान समात्नमा सशस्त्र प्रहरीका नायब निरिक्षक सुरेश न्यौपानेको विशेष योगदान रहेको छ । नेपाल भारतको सिमानामा कडा सुरक्षा दिदै आएका सशस्त्र प्रहरी बल कृष्नानगरले किराना सामानहरु, काठ, चामल सहितको ट्रक कुखुराको चल्ला, सुर्तीलगायत अन्य समानहरू गरि उक्त रकम बराबर समान भन्सार चलान गरिएको र कुखुराको चल्लालगायत अन्य समानहरु नष्ट गरिएको लागु औषध नेपाल प्रहरीको जिम्मा लगाएको सशस्त्र प्रहरी बल कृष्नानगरका गुल्मपती सशस्त्र प्रहरी नायब उपरिक्षक सुशिलकुमार शाहीले जानकारी दिएका छन ।

साथै सशस्त्र प्रहरीले आफ्नो जिम्मेवारी ईलाकामा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउनका साथै सीमा नाकामा आफ्नो फौज तैनाथ गरि अबैध समान रोक्न सफल रहेको कुरा स्थानीय को बुझाई रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार