प्रधानमन्त्रीद्वारा बकर इदको शुभकामना

काठमाडौं,
साउन २७ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम समुदायको महत्वपूर्ण चाड इदउलअज्हा (बकर इद) का अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

आज एक शुभकामना सन्देश जारी गरी उहाँले आजको दिन सकभर खुला स्थान इद गाहामा सो नभए मस्जिदमा इदउलअज्हा (बकर इद)को नमाज पढेर एकापसमा खुशी साटासाट तथा शुभकामना आदानप्रदान गर्ने दिन भएको उल्लेख गर्दै मुस्लिम समुदायमा शुभकामना व्यक्त गरेका हुन् ।

‘यस अवसरमा हरेक वर्ष लाखौँ इस्लाम धर्मावलम्बीहरुले हज गर्ने गर्दछन्, यो वर्ष हज गर्न साउदी अरबको मक्का–मदिनामा गएका पन्ध्र सय नेपाली हाजीहरुलाई समेत हज मुबारक भन्न चाहन्छु’, प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार