सनातन धर्म सभ्यता पहिचान तथा संरक्षण यात्रा गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)

कपिलबस्तु,
साउन २६ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले ‘वैदिक सनातन हिन्दू संस्कृति संरक्षणा अभियान’ कार्यक्रम तय गरेर ‘सनातन धर्म सभ्यता पहिचान तथा संरक्षण यात्रा’गर्ने भएको छ । प्रस्तावित यात्रा जानकी मन्दिर जनकपुरबाट यात्राको शुरुवात गरी लुम्बिनी पुगी समापन हुने कार्यक्रम तय गरिएको छ ।

 

पाँच दिनसम्म चल्ने सो यात्रा नेपाललाई हिन्दू राष्ट्र कायम गर्ने बिज्ञप्त मार्फत जनाएको छ । कार्यक्रम बर्षायाम सकिए लागत्तै सुरु गरिने जनाइएको छ । ५ नम्बर प्रदेशका राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का केन्द्रिय सदस्य श्यामकुमार मिश्रालाई आफ्नो क्षेत्रमा कार्यक्रम सफलताको लागि सक्दो सहयोग गर्न पनि पाटीले अनुरोध गरेको छ ।

मिश्रा नेपाली कला क्षेत्रमा सक्रिय कलाकार हुन । उनी अभिनित चलचित्र ‘ब्वाइफ्रेन्ड’ केही समय अगाडि प्रदर्शनमा आएको थियो । यतिखेर श्यामको अभिनय रहेको तीज गीत ‘हे बुढा’ चर्चाको सिखरमा छ ।

यसमा तपाइको मत

अन्य समाचार