लुटेरा समूहमाथि प्रहरीले गोली चलायो, एक जना घाइते

काठमाडौं,
साउन २३ ।

काठमाडौंको स्वयम्भुमा गोली चलेको छ । शुक्रबार महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरी टोलीले लुटेरामाथि गोली चलाएको हो । गोली लागेर १ जना घाइते भएको प्रहरीले जनाएको छ । स्वयम्भुस्थित झिगु क्याफेमा लुटेरा पक्राउ गर्ने क्रममा प्रहरीको तर्फबाट दुई राउन्ड गोली चलाएको थियो ।

प्रहरीको गोली लागेर लोप्साङ लामा भनिने मिलन तामाङ घोडामूनी गोली लागि घाइते भएका र अर्का लुटेरा रामेछाप स्थायी घर भएका अमृत तामाङ पनि पक्राउ परेका अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए । घाइते तामाङको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार मिलनले रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कालाई धम्क्याएर २ करोड फिरौती मागेपछि उनको खोजी भइरहेको थियो । महाशाखाले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।

यसमा तपाइको मत

अन्य समाचार