विश्व स्तनपान सप्ताह सुरु

काठमाडौं,
साउन १७ ।

विश्व स्तनपान सप्ताह सुरु भएको छ । आमाको दुधमा शिशुको लागि आवश्यक सम्पूर्ण पौष्टिक तत्व हुने हुँदा स्तनपानलाई प्रोत्साहित गर्ने उद्देश्यका साथ बिहीबारबाट विश्व स्तनपान सप्ताह सुरु भएको हो ।

आमाबुवाको सक्षमता स्तनपानको सफलता भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो सप्ताह मनाइँदै छ ।

बच्चाका लागि आमाको दूध अमृत समान मानिन्छ । सुत्केरी हुने बित्तिकै आउने आमाको पहेँलो बिगौती दूध निकै पोषिलो र स्वस्थकर हुन्छ । शिशु जन्मिएको १ घण्टाभित्र स्तनपान गराउनु पर्ने र २४ घण्टामा ८ देखि १२ पटकसम्म आमाको दूध खुवाउनुपर्ने चिकित्सकहरु बताउँछन् ।

आमाको दुधले निमोनिया, झाडापखाला, कानमा सङ्क्रमणलगायतका रोगको जोखिम कम गर्छ । नेपालमा जन्मेको १ घण्टाभित्र शिशुलाई स्तनपान गराउनेको सङ्ख्या ५५ प्रतिशत मात्र रहेको सर्वेक्षणले जनाएको छ ।

फाइदा अनेक भएपनि स्तनपान गराउने आमाहरुको सङ्ख्या सन्तोषजनक छैन । त्यसैले सप्ताहव्यापी कार्यक्रमका साथै अन्य ठोस कार्यक्रम वषैभरी सञ्चालन गरि स्तनपानलाई प्रोत्साहित गर्ने नीति स्वास्थ्य सेवा विभागले लिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार