‘नेपालकी छोरी…’ लिएर आइन अम्बिका गुरुङ (भिडियोसहित)

काठमाडौं,
साउन १ ।

अमेरिका निवासी गीतकार तथा साहित्यकार सर्जक अम्बिका गुरुङको शब्द तथा बाल गायिका क्रिष्टिना श्रेष्ठको सुमधुर आवाजमा सजिएको नयाँ गीत ‘नेपालकी छोरी…’को म्युजिक भिडियो सार्बजनिक भएको छ ।

सयौं चर्चित गीतहरुलाइ आफ्नो मिठो शब्दमा उतारेर नेपाली गीत सङ्गीतलाई नयाँ उचाइमा पुर्याउन सफल गीतकार गुरुङ देशबाहिर बसेर साङ्गीतिक क्षेत्रमा सक्रिय हुने लोकप्रिय नाम हो । उनले साङ्गीतिक क्षेत्रमा दर्जनौ अवार्ड समेत प्राप्त गरिसकेकी छिन ।

महेश ज्ञवालीको सङ्गीत रहेको यसको गीतको भिडियोलाई शाशन कंडेलले निर्देशन गरेका छन् भने रमेश बस्नेतले छायांकन तथा सम्पादन गरेका हुन् । सार्बजनिक म्युजिक भिडियोमा बालगायिका क्रिष्टिना श्रेष्ठलाइ फिचरिङ गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार