काठमाडौं,
असार २७ ।
शुक्रबार प्रदर्शन अन्तर्गत सिनेमाघरमा चलचित्र ‘सानो मन’ आजदेखि प्रदर्शनमा आएको छ । सुयोग गुरुङ निर्देशित ‘सानो मन’ प्रदर्शनमा आएको हो ।
चलचित्रमा नायक आयुषमान देशराज जोशी र नायिका शिल्पा मास्केको मुख्य भूमिका रहेको छ। आयुषमान र शिल्पासँगै चलचित्रमा गौरी मल्ल, विशाल पहरी, रश्मि भट्ट, शिशिर बंदेल, प्रकाश श्रेष्ठलगायतले अभिनय गरेका छन् ।
योगेश गुरुङ, राजीव श्रेष्ठ, राजेन्द्र मानन्धर र रमेश के मितलको संयुक्त निर्माण रहेको यस चलचित्रलाई मिलन श्रेष्ठले सम्पादन गरेका छन् ।