देशैभर मनसुन सक्रिय, खोलानाला र पहिरो ग्रस्त क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं,
असार २६ ।

देशैभर मनसुन सक्रिय रहेको भन्दै खोलानाला र पहिरो ग्रस्त क्षेत्रमा उच्च सतर्कता अपनाउन नेपाल सरकारले आग्रह गरेको छ । तुलनात्मक रुपमा देशको प्रदेश १, २ र ३ का धेरैजसो स-साना खोलानालाहरुमा आजदेखि पर्सी सम्मै जुनसुकै बेला सतर्कताा तह भन्दा माथि जान सक्ने सम्भावना रहेको नेपाल बाढी सूचनाले जनाएको छ ।

आज मनसुन न्यूनचापिय रेखा नेपाल नजिक रहेको छ । आगामी २४ घण्टासम्म पनि मनसुन न्यूनचापिय रेखा नेपालको पुर्वदेखि पश्चिम तराई भू–भागमा रहिरहने जनाइएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पूर्ण बदली रही मध्य र पूर्वका केही स्थानहरु र पश्चिम क्षेत्रको धेरैजसो स्थानहरुमा मनसुनी वर्ष भइरहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार