‘डिएनए क्लोथिङ’को ब्राण्ड एम्बेस्डरमा प्रकाश सपूत

काठमाडौं,
असार २५ ।

प्रकाश सपूत ‘डिएनए क्लोथिङ’ ब्राण्डको एम्बेस्डर भएका छन् । बिगत दुईबर्ष बजारमा आएको कपडाको ब्राण्ड डिएनएले बुधबार लोकप्रिय लोकगायक प्रकाशलाई एक कार्यक्रमबीच एम्बेस्डरको घोषणा गरेको हो ।

एकबर्षका लागी एम्बेस्डरको रुपमा डिएनएसँग हस्ताक्षर गरेका प्रकाशले आफ्नो लागी यो ठूलो सफलता बताए । ‘मेरो लागी डिएनएसँगे जोडिनु ठूलो सफलता हो ।’ प्रकाशले कार्यक्रममा भने । ‘म यस ब्राण्डसँग जोडिनुको मुख्य कारण देश बिदेश छरिएर रहेका युवाहरुमाझ छिटो पुग्न सक्नुभन्ने हो ।’

डिएनएको तर्फबाट केदारप्रसाद न्यौपानेले गायक प्रकाशलाई प्रमाणपत्र प्रदान गरे । केदारले पछिल्लो समय युवापुस्ताको मनमुटुमा बस्न सफल भएकै कारण प्रकाशलाई आफ्नो ब्राण्डसँग जोडेको बताए । कार्यक्रममा गायिका शान्तिश्री परियार, तिलक बस्नेतलगायतको उपस्थिती रहेको थियो ।

गायक प्रकाश पछिल्लो समय सार्वजनिक ‘गलबन्दी’ बोलको लोकगीतका गायक तथा सङ्गीतकार हुन् । उनको यस गीत केहीसमय बिवादमा पनि रह्यो । प्रकाशको ‘बोलमाया’, ‘दोहोरी ब्याटल’लगायतका गीत सर्वाधिक रुचाइएका गीत हुन् ।

यसमा तपाइको मत

अन्य समाचार