देशभर वर्षा, अझै २ दिन मनसुन सक्रिय रहने

काठमाडौं,
असार २५ ।

आज देशभर भारी वर्षा भईरहेको छ । मनसुनको न्यूनचापिय रेखा नेपालतिरै रहेकाले अझै दुई दिन निरन्तर वर्षा हुने मौषम पुर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबार रातिदेखि बुधबार बिहानसम्म देशका अधिकांश स्थानहरुमा सामान्यदेखि भारी वर्षा भइरहेको महाशाखाले जारी गरेको सूचनामा जनाईएको छ ।

आज दिउँसो देशका अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदली रहने तथा देशका धेरै स्थानहरुमा वर्षा हुनुको साथै केहि स्थानहरुमा भारि वर्षाको सम्भावना छ ।

त्यस्तै आज राति पनि देशका अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदली भई देशका अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार