सुवेदीलाई जुट्न थाल्यो आर्थिक सहयोग

काठमाडौं,
असार २३ ।

दीपकप्रसाद सुवेदीलाई आर्थिक सहयोग जुटेको छ । करिब १२ वर्षदेखि उपचार गर्न नसकेर शरीरमै गम्भिर चोट बोकेरै बसेका थिए । तर, सहयोगका लागि सुवेदी परिवारले विभिन्न संघ संस्था व्यक्तिसँग हार-गुहार मागे । कतै त्यस्तो ठूलो राशीको उपरचारका लागि सहयोग जुटेको थिएन ।

पछिल्लो समय सामाजिक काम गर्दै आइरहेको संस्था सोड नेपाल, ओम साईबाबा हस्पिटल तथा आफन्त शुभचिन्तकले विशेष अभियान चलाएपछि भने केही रकम जुट्न थालेको जनाएको छ ।

उपचारका लागि हाल करिब २ लाख रुपैयाँको चेक विरामी सुवेदीलाई सोड नेपालका महासचिब तथा ओम साइबाबा मेमोरियल हस्पिटलका सञ्चालक दयाराम कार्कीले हस्तान्तरण गरे । दीपकप्रसाद सुवदीको उपचारर्थ कार्कीले विशेष अभियान नै सञ्चालन गरेर अघि बढेका छन् । कार्कीले विरामीको उपचारका लागि विशेष जोड दिदै आएका छन् । उलने विरामी बचाउन विभिन्न संघसंस्था तथा व्यक्ति सँग अपिल समेत गरे । हाल कर्कीकै सकृयतामा सहयोग रकम जुट्न थालेको छ ।

उक्त रकम सोड नेपाल तथा अध्यक्ष ज्ञानप्रसाद श्रेष्ठ र संस्थाका पदाधिकारीहरु अर्जुन पौडेल अर्जुन भट्ट विनोद पाण्डे तथा मिश्री श्रेष्ठका तर्फबाट करिब ३८ हजार विरामीको खातामा जम्मा भएको कार्कीले बताए ।

त्यस्तै, ओम साईबाबा मेमेरियलको तर्फबाट अध्यक्ष कार्की बाट १२ हजार यसैगरी रिषीराज रेग्मी तथा उनका साथीहरुको तर्फबाट ६० हजार ५ सय रुपैयाँ जुटेको कार्कीले बताए । यस्तैगरी विरामीको उपचारका लागि भन्दै अमेरिकाबाट पनि सहयोग रकम प्राप्त भएको अभियान कर्ता कार्कीले बताए ।

अमेरिकाबाट श्रीमती विमला कुँवरबाट १८० युएस डलर विरामीको खातामा जम्मा भएको उनले बताए । यस्तैगरी पुष्कर लामीछाने तथा उनका साथीहरुबाट ४६ हजार १ सय २० रुपैयाँ, विकास लामीछानेका तर्फबा २५ हजार १ सय २१ र नवराज भण्डारीका तर्फबाट ५ हजार गरी करिब २ लाख ६ हजार ३ सय रुपैयाँ जम्मा भएको छ ।

उक्तरकम विरामीकै घरमा पुगी अभियान सञ्चालन गर्ने कार्कीले चेक हस्तान्तरण गरेका थिए । उपचारका लागि आउने सहयोग रकम विरामी सुवेदीकै खातामा सिधै जम्मा हुने गरेको उनले बताए ।

कामको शिलसिलामा भारतमा करेन्ट लागेर सुवेदीको खुट्टा गुमेको थियो । त्यहि समय टाउकोमा समेत गम्भिर चोट लागेका उनले आजसम्म अपरेशन गर्न सकेका छैनन् ।

कमजोर आर्थिक अवस्थाका सुवेदी टाउकोमा इन्फेक्सन बढ्दै जाँदा उपचार महँगो बन्दै गएको यता परिवार विचल्ली बनेको दुखेसो गरे ।

एकदमै सामान्य परिवारका सुवेदी धादिङ जिल्ला थाक्रे गाउँपालिका वडा नं. ८ महाङ्कालका स्थायी बासिन्दा हुन् ।
नियमति चेक जाँचका लागि काठमाडौं राधाकृष्ण मन्दिर नजिक बस्दै आएका सुवेदीको श्रीमती ५ वर्षिया छोरी समेत छिन् । नियमित आय आर्जनको बाटो नहुँदा दैनिक परिवार चलाउन समेत अप्ठेरो हुने गरेको उनकी श्रीमतीले बताईन् ।

घर खर्चको अभावले छोरीको नियमित पढाई समेत विग्रिएको दुखेसो गरे । लामो समय उपचार गनुपर्ने देखिएपछि उनी आत्तिएका छन् ।

पैसै नभएका कारण मर्नुपर्ने अवस्था आइलागेको उनको चिन्ता छ । सामाजिक संस्था एस ओ डि नेपालको समन्वयमा उनले उपचार सहयोगको अपिल गरेका हुन् ।

कसैले सहयोग गर्न चाहेमा सिधा सम्पर्क काठमाडौंमै संघका प्रतिनिधि दयाराम कार्कीसँग मोवाइल नम्बर ९८६९ ५६२२६८ मा सम्पर्क राख्न सक्ने विरामी सुवदीले बताए ।

उनले हात जोड्दै आफ्नो उपचारमा सहयोग गरिदिन आग्रह गर्दै श्रीमती र छोरीको भविष्य जोगाइदिन आग्रह गरे । एनसिसी बैङ्क खात नम्बरः १०१० ००००० ६९१० मा विरामी सुवेदीलाई सहयोग गर्न सकिने छ ।

यसमा तपाइको मत

अन्य समाचार