कावासोतीमा सञ्चालन गरिएको निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा चारसय भन्दा बढीको स्वास्थ्य परीक्षण

नवलपरासी,
असार २२ ।

कावासोती नगरपालिकामा सञ्चालन गरिएको निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा चारसय भन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको छ । कावासोती नगरपालिका-३ स्थित सिद्दार्थ आवासीयमा सञ्चालित एक दिने बिशेषज्ञ आयुर्बेद स्वास्थ्य शिविरमा ४ सय ४३ जानाको स्वास्थ्य परीक्षण गरिएको थियो । सामाजिक बिकास मन्त्रालय गण्डकी प्रदेशको आयोजना सञ्चालन गरिएको तीनदिने स्वास्थ्य जीवन कार्यक्रम अन्तर्गत दोस्रो दिनमा निःशुल्क बिशेषज्ञ आयुर्बेद स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

शिविरमा ग्यास्ट्रिक तथा पेटसम्बन्धि बिभिन्न समस्याहरु पायल्स, नसा तथा बाथ रोग, स्त्रीरोग आदि बिरामीहरुको परीक्षण गरिएको आयोजक सामाजिक बिकास मन्त्रालयका कार्यक्रम संयोजक नवीनकिरण भुसालले जानकारी दिए ।

उनकाअनुसार शिविरमा ग्याष्ट्रिक र बाथरोगसम्बन्धी बिरामीको बढी भीड लागेको थियो । उपचार गर्न आउनेलाई बिशेषज्ञ आयुर्वेद चिकित्सकहरुले निःशुल्क स्वास्थ्य परिक्षण साथै परामर्श, निःशुल्क प्रयोगशाला परिक्षण, निःशुल्क औषधिसमेत वितरण गरिएको थियो । एलोपेथिक पद्धतिबाट उपचार गराउने परम्परा बढ्दै गएका बेला आयुर्वेदतर्फ पनि नागरिकको उत्तिकै विश्वास रहेको सहभागी चिकित्सकहरुले जानकारी दिए ।

वरिष्ठ आयुर्वेदिक डाक्टरको उपस्थिति रहेको शिविरमा उपचार गराउनका लागि कावासोती नगरपालिकाका विभिन्न वडाका बिरामी सहभागी भएका थिए ।

शिविरमा वरिष्ठ आयुर्वेद विशेषज्ञ डा. ओमप्रकाश कलोनी, कन्सल्टेन्ट न्युरो अक्युपन्चरिस्ट ड़ा. कमल शर्मा, डा. प्रसान्त पण्डित, डा. रामकृष्ण भुजेल, ल्याब टेक्नोलोजिष्ट जगत पौडेललगायतका चिकित्सवकबाट स्वास्थ्य परीक्षण गरिएको थियो ।

२० गते देखि आजसम्म सञ्चालन भएकाो स्वास्थ्य जीवन कार्यक्रमको शुभारम्भ संघीय संसद तिलक महतले शुभारम्भ गर्नुभएको थियो । कार्यक्रममा डा. योगी विकासानन्दको प्रमुख प्रशिक्षणमा बिहान ५.३० देखि बृहत निःशुल्क योग शिबिर सञ्चालन भएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार