आइ.एम.ई. लाइफइन्स्योरेन्स र आई.सि.एफ.सि.फाइनान्सबीच बैङ्क अस्योरेन्स सम्झौता

काठमाडौं,
असार १९ ।

आइ.एम.ई. लाइफइन्स्योरेन्स कम्पनी लिमिटेड र आई.सि.एफ.सि.फाइनान्स लिमिटेड काठमाडौंबीच बैङ्क अस्योरेन्स सम्झौता भएको छ । उक्त बैङ्क अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट सहायक महाप्रवन्धक आशिष सिंह र आई.सि.एफ.सि. फाइनान्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तले हस्ताक्षर गरेका छन् ।

सो बैङ्कअस्योरेन्स सम्झौता पश्चात् सर्वसाधारण तथा बैङ्कका ग्राहकहरुले आई.सि.एफ.सि.फाइनान्स लिमिटेडको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमाआइ.एम.ई. लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको जीवनबीमा गराउनका साथै जीवनबीमा सम्बन्धीजानकारी प्राप्तगर्न सक्नेछन् ।

आइ.एम.ई. लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ७५ शाखाहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने बिभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ । कम्पनीले सरल सावधिक, बालशिक्षा, आजिवन, नगद फिर्ता, साढे तीन गुणा रक्षावरण, नगद फिर्ता तथा आजिवनलगायत का बीमा योजनाहरू ल्याएको छ ।

यसमा तपाइको मत

अन्य समाचार