भुवन-चैत्य-बसुन्धरा फाउण्डेशनको पुरस्कार चलचित्रकर्मी कल्याणकारी कोषलाई प्रदान

काठमाडौं,
जेठ ३० ।

‘हरिश भुवन चन्द, चैत्यदेबी सिंह, चेतनारायण बसुन्धरा भुसाल पुरस्कार-२०७६’ बुधबार चलचित्र विकास बोर्डमा एक समारोहबीच चलचित्र विकास बोर्ड अन्र्तगतको चलचित्रकर्मी कल्याणकारी कोषलाई प्रदान गरिएको छ ।

गतवर्षबाट स्थापना भएको उक्त कोषको पहिलो बार्षिकोत्वसको अबररमा व्यक्तिलाई दिनु भन्दा पनि कोषमा पैसा जम्मा गर्दा सबैलाई आपत बिपत पर्दा सहयोग हुने भएकाले यसपालिको पुरस्कार व्यक्तिविशेषलाई नभई कोषमा जम्मा गर्ने उद्देश्य सहित प्रदान गरिएको पुरस्कार समितिकी अध्यक्ष बसुन्धरा भुसालले बताईन् ।

फाउण्डेशनको कार्यकारिणी समितिमा अध्यक्ष बसुन्धरा भुसाल, उपाध्यक्ष भुवन थापा चन्द, चैत्यदेवी सिंह, सचिव मोहन निरौला, सहसचिव चेतनारायण भुसाल, कोषाध्यक्ष माइकल डी चन्द ठकुरी, सदस्य प्रेम बम्जन (पुस्कर लामा), अञ्जु रञ्जितकार, राजुप्रसाद धिमाल तथा संरक्षक सृजना पाठक, शैलेश भुसाल र शिला चन्द रहेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार