कर्णराज र अञ्जुको ‘जिन्दगी खास भयो’ (भिडियोसहित)

काठमाडौं,
जेठ २८

कर्णराज गिरी र अन्जु पन्तको स्वरमा रहेको गीत ‘जिन्दगी खास भयो’ सार्वजनिक भएको छ । अर्जुन पोखरेलको सङ्गीत मुक्त उदासको शब्द रचना रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

शान थापाको निर्देशन रहेको गीतको भिडियोमा रोहित थापा र सुपुष्पा भट्ट फिचर छन् । रजिव समरको करियोग्राफी रहेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् ।

रोहित थापाले नै निर्माण गरेको भिडियोमा सुरेश काफ्लेले ड्रोन उडाएका छन् भने सम्पादनको जिम्मा सुप्रिम पराजुलीले लिएका हुन् ।

यसमा तपाइको मत

अन्य समाचार