पायलको शुभसाइत

काठमाडौं,
जेठ २८

चलचित्र ‘पायल’को शुभसाइत गरिएको छ । फाल्गुनन्द लिङ्देन फिल्म्स् प्रा.लि.ले निर्माण गर्न गइरहेको चलचित्र ‘पायल’ को शुभसाइत गरिएको हो ।

राजधानीमा एक कार्यक्रमबीच मुर्हत गरिएको यो चलचित्रमा समाजमा घटिरहेका आपराधिक घटनाहरुलाई लिएर थ्रिलर चलचित्र निर्माण हुन लागेको निर्माण पक्षले जनाएको छ ।

कविता राई लिङदेनले निर्माण गर्न लागेको यो चलचित्रमा रिया श्रेष्ठ, ध्रुव न्यौपाने, राजकुमार लिङ्देन, नरेन्द्र सेन्दाङ, राजु घिमिरे, उदय सुब्बा, हस्त लिबाङ, दीलिप ठकुरी, आरपी दाहाल, अरमान खान र एन्जिस पर्साईको मुख्य भुमिका रहेने छ । नरेन्द्र सेन्दाङ यहि चलचित्रका लागि अमेरिकाबाट नेपाल आएका छन् ।

सेन्दाङ निजिरुपमा व्यावसाय गर्दै विगत १५ वर्ष देखि अमेरिकामा बस्दै आएका छन् । उनकै पहलमा नेपालमा भन्दा पहिला हङकङ, अमेरिका, सिङ्गापुर, बेल्जियम आदि देशहरुमा पायलको प्रदर्शन गरिने जनाइएको छ ।

सुमित लिङ्देन र सुदिता लिङदेनको प्रस्तुति रहेको यो चलचित्रमा बिकास चौधरीको सङ्गीत, ज्ञानु राईको छायाँकन, कुमार श्रेष्ठको द्वन्द्व, दिनेश माङमुको नृत्य रहेको छ ।

दिनेश लिङदेनको कथा-निर्देशन रहेको यो चलचित्र यही शुक्रबारदेखी छायांकन सुरु हुने छ । चलचित्रलाई उपत्यकालगायत पुर्वको केहि ठाउमा छायाँकन गरिने बताइएको छ ।

यसमा तपाइको मत

अन्य समाचार