सुनिताको पहलमा बेल्जियमबाट रास्कोट अस्पताल निर्माणलाई साढे १६ लाख सहयोग

काठमाडौं,
जेठ २८ ।

कर्णाली प्रदेशको कालिकोट जिल्लामा निर्माण हुने ‘रासकोट सामुदायिक अस्पातल’ का लागि बेल्जियमबाट करीब सोह्र लाख रुपयाको सहयोग सङ्कलन भएको छ ।

बेल्जियम निबासी सुनिता गुरुङ धिताल र गायक नारायण धितालको सकृयतामा सङ्कलन भएको उक्त रकम अस्पातलको निर्माणका संयोजक तथा पत्रकार रबी लामिछानेलाई छिट्टै हस्तान्तरन गरिने जानकरी अभियानकर्ता सुनिता गुरुङले जानकारी दिएका छन । सङ्कलन भएको रकमको बारेमा जानकारी र सहयोग दाताहरुलाई धन्यवाद ज्ञापन गर्न पत्रकार सम्मेलन गरिएको थियो ।

गैर आबासीय नेपाली संघ बेल्जियमको कार्यालयमा आयोजित कार्यक्रममा गैर आबासीय नेपाली संघ बेल्जियमका अध्यक्ष लोक दाहाल, आइसिसिस सदस्य त्रय पदम गुरुङ, सरु चापागाई र लीला शर्मा मानन्धरलगायत बिभिन्न सामाजिक र बैचारिक संघ संस्थाहरुका पदाधिकारीहरु उपस्थितमा कार्यक्रम सम्पन्न भएको थियो ।

एनआरएनए बेल्जियमका निबर्तमान अध्यक्ष गंगाधर गौतमद्वारा सञ्चालित उक्त कार्यक्रममा एनआरएन बेल्जियमका अध्यक्ष लोक दाहाल र ओस्टेन्डे समाजका अबिभाबक ब्रह्मादत्त वाग्लेले सबै सहयोगदाता र सहयोग सङ्कलनको अगुवाइ गर्ने धिताल जोडीलाई धन्यवाद दिएका थिए ।

समाजसेबामा सधै अगाडी रहने र समाजसेवी गर्दै आईरहेकी सुनिता गुरुङले सहयोग अभियानमा सहभागी सबैलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै परोपकारी काममा सबैसँग हातेमालो गर्न सकियोस भनी कामना गरिन । सो अवसरमा उनले चन्दादाताहरुको नाम, सहयोग रकमसहितको विवरण पत्रकारहरु ओम शर्मा र डिल्ली आमाइलाई हस्तातरण गरिन ।

यसमा तपाइको मत

अन्य समाचार