एनटिभी प्लसमा ‘कुरा मात्रै भो’

काठमाडौं,
जेठ २८ ।

एनटिभी प्लसमा हाँस्य सिरियल ‘कुरा मात्रै भो’ प्रसारण हुन थालेको छ । हाँस्य सिरियल ‘कुरा मात्रै भो’ नेपाल टेलिभिजन प्लसबाट हरके शुक्रबार साँझ आठ बजे देखि प्रसारण हुन थालेको हो ।

सिरियललाई अर्जुन गौतम र भोला अधिकारीले निर्देशन गरेका छन् । जेसिका इण्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यस टेलिसिरियललाई दर्शकहरुले मन पराइरहेका छन् ।

सिरियलले अहिलेको समय सापेक्षलाई हाँस्य खुराकले दर्शकलाई मनोरञ्जन दिने निर्देशक गौतमले बताए । निर्देशक गौतमका अनुसार सिरियलमा कमेडी, राजनितिक बिषयबस्तुलाई मुख्य विषय बनाइएको छ ।

सिरियलमा उत्तम अर्याल ‘कोदे’, लक्ष्मण चौलागाई, जयराम सापकोटा, धर्मराज आचार्य ‘स्याल बुढो’, भोला अधिकारी, दिनेश तामाङ, पनिशा कार्की, सुमित्रा रिमाल, रामचन्द्र थापालगायत नयाँ पुराना कलाकाहरुले अभिनय गरिहेका छन् । सिरियललाई दर्शकले मन पराइदिनेमा आफु विश्वस्त रहेको भोला अधिकारी बताउँछन् ।

साहित्यकार सनत आचार्यको कथा पटकथा रहेको यो सिरियल रामचन्द्र थापाको प्रस्तुति हो । जसमा कमल श्रेष्ठ निर्माता, क्यामारामा जनकराज अधिकारी, सम्पादन राज श्रेष्ठ, कार्यकारी निर्माता राजु श्रेष्ठ रहेका छन् । यसलाई युट्युब च्यानल जेशिका इन्टरटेन्मेन्टबाट पनि हेर्न सकिन्छ ।

यसमा तपाइको मत

अन्य समाचार