‘स्वस्थ्य वायु, स्वस्थ्य जीवन’ भन्ने नाराका साथ विश्व वातावरण दिवस मनाइँदै

काठमाडौं,
जेठ २२ ।

‘स्वस्थ्य वायु, स्वस्थ्य जीवन’ भन्ने नाराका साथ आज विश्व वातावरण दिवस मनाईंदैछ । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आव्हानमा हरेक वर्ष जुन पाँच तारिखमा यो दिवस मनाउने गरिएको छ ।

विश्वव्यापी रुपमा यो वर्षको दिवसमा जोखिममा रहेका सबै प्रजातिलाई भावी पुस्ताको लागि संरक्षण र वन्यजन्तुको अवैध व्यापार विरुद्ध शुन्य सहनशिलतामा जोड दिईएको छ ।

दिवसको अवसरमा आज सदर चिडियाखानामा र्यालीसहितको कार्यक्रमको आयोजना गरिएको छ । यस्तै दिवसकै अवसरमा दिउँसो नेपालगञ्जमा राष्ट्रपति बिद्यादेवी भण्डारी सरिक हुने कार्यक्रम रहेको छ ।

वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो ।

सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुुस गरी ५ जुन १९७३ मा पहिलो पटक विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो ।

यसमा तपाइको मत

अन्य समाचार