ईद उल फित्रका अवसरमा सार्वजनिक विदा

काठमाडौं,
जेठ २२ ।

सरकारले आज जेठ २२ गते आज मुस्लिम धर्मावलम्बीको पर्व ईद उल फित्रका अवसरमा देशभर सार्वजनिक विदा दिएको छ ।

गृह मन्त्रालयले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘जेठ १० गतेको मन्त्रिपरिषदले मुस्लिम धर्मावलम्बीहरुको पर्व ‘इदुल्ल फित्र’का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको र उक्त पर्व जेठ २२ गते पर्ने भएकाले बुधबार सार्वजनिक बिदा हुनेछ ।’

यसअघि सञ्चारमन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै इदमा सार्वजनिक बिदा दिने निर्णय भएको बताएका थिए ।

यसमा तपाइको मत

अन्य समाचार