‘मिस्टर नेपाली’को घोषणासँगै छायाँकन

काठमाडौं,
जेठ २० ।

चलचित्र ‘मिस्टर नेपाली’को घोषणा गरिएको छ । चलचित्रको घोषणासँगै आजैदेखि छायांकन पनि सुरु गरिएको हो ।
नवलपरासीमा यो चलचित्रको छायांकन हुनेछ । प्रेमराज दाहालको निर्माणमा तयार हुन लागेको चलचित्रमा देव नारायण भुसालको लेखन तथा निर्देशन रहनेछ ।

देवचुली फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा नायक भूवन केसी र नायिका रीमा विश्वकर्माको जोडीलाई दर्शकले पर्दामा हेर्न पाउनेछन् । चलचित्रमा नायक केसी दोहोरो चरित्रमा देखिदैछन् । उनका अनुसार चलचित्रमा उनी खलनायक र नायकको भूमिकामा देखिन लागेका हुन् ।

यस्तै, चलचित्रमा बिष्णु सापकोटा, सुरेन्द्र केसी, कमलमणी नेपाल, राजेन्द्र गिरी, अर्जुन खत्री, सन्तोष लामा, नन्दु श्रीवास्तव, साहिल श्रेष्ठ, कुसुम राउतलगातका कलाकार रहनेछ ।

चलचित्रमा हिमाल केसीको एक्सन, सुभाष भुसाल र दीपक शर्माको सङ्गीत, कविराज गहतराजको नृत्य निर्देशन रहनेछ । चलचित्रका प्रोडक्शन डिजाइनर गणेश सापकोटा हुन् ।

यसमा तपाइको मत

अन्य समाचार