सिनेमाघरमा ‘कुम्भ करण’, ‘कप्स’ र ‘काउसो’

काठमाडौं,
जेठ १७ ।

आजदेखि देशभरका सिनेमाघरमा तीन चलचित्र प्रदर्शनमा आएका छन् । शुक्रबार प्रदर्शन अन्तर्गत आजदेखि देशभरका सिनेमाघरमा ‘कुम्भ करण’, ‘कप्स’ र ‘काउसो’ प्रदर्शनमा आएका हुन् । दीपक ओली निर्देशित चलचित्र ‘कुम्भ करण’, सम्राट सापकोटा निर्देशित ‘कप्स’ र मदन घिमिरे निर्देशित ‘काउसो’ छन् ।

चलचित्र ‘कुम्भ करण’मा नीशा अधिकारी, गौरव पहारी, भोलाराज सापकोटा, अभय बराल, आकाश पल, कुलदिप अधिकारी, सद्भाव थापालगायतको अभिनय रहेको छ । आकाश पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता रोम वली हुन् । भने, क्षितिज बस्नेत र खड्क वुढाथोकी निर्माता रहेकाछन् । महेश दवाडीको कथा, पटकथा तथा संवाद रहेको यो चलचित्रमा हरि लामाको छायाँकन रहेको छ ।

चलचित्र ‘कप्स’ मा अनुपविक्रम शाही मुख्य भुमिकामा छन् । चलचित्रमा सन्दिपा लिम्बु, अनुपा भट्टराई, अमित गिरी, रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठ, बब्लु विक्रम थापालगायतका कलाकारहरुको अभिनय रहेको छ ।
‘आर्या मुभिज’ र ‘सारा श्री मुभिज’ को निर्माणमा बनेको ‘कप्स’ मा अष्ट महर्जनको द्वन्द्व, सुशान्त प्रजापतिको छायाँकन, कविराज गहतराज र शिशिर खातीको नृत्य र विजय घिमिरे र स्वयम्भुराज शाक्यको सङ्गीत रहेको छ ।

यस्तै चलचचित्र ‘काउसो’ सविन श्रेष्ठ प्रमुख भूमिकामा छन् । अर्जुन गुरुङ, रमेश बुढाथोकी, रामचन्द्र अधिकारीलगायतको अभिनय रहेको छ चलचित्रमा । रामेश्वर हुमागाईँको छायांकन रहेको यो चलचित्रका प्रस्तुतकर्ता अर्नभ बस्नेत हुन् । चलचित्रमा राजेन्द्र बस्नेत, सिताराम तिमल्सिना ज्याक र भगवान खत्री निर्माता रहेका छन् भने कार्यकारी निर्माता अन्चिला केसी हुन् ।

यसमा तपाइको मत

अन्य समाचार