कप्सको अफिसयिल पोष्टर सार्वजनिक

काठमाडौं,
जेठ ९ ।

यही जेठ १७ गतेदेखि देशभरका सिनेमाघरमा आउँन लागेको चलचित्र ‘कप्स’को अफिसियल पोष्टर सार्वजनिक गरिएको छ । बिहिबार चलचित्रका दुई पोष्टर सार्वजनिक गरिएको हो ।

सार्वजनिक सिक्स सिटर पोष्टरमा चलचित्रका चार मुख्य कलाकार अभिनेता अनुप बिक्रम शाही, नव अभिनेत्री सन्दिपा लिम्बु, अनुपा भट्टराई र अमित गिरी समेटिएका छन् । जसमा अनुप डिएसपीको रुपमा र सन्दिपा घाईते युवतीको रुपमा छन् ।

अर्को थर्टी बाई फोर्टीको पोष्टरमा अनुप, सन्दिपा, अमित, रामराज क्षत्री र सम्राट शाक्य छन् । यो चलचित्रलाई सम्राट सापकोटाले निर्देशन गरेका हुन् ।

एक्शन तथा लभस्टोरी कथा मिश्रित चलचित्र ‘कप्स’मा अनुपबिक्रम शाही प्रहरी नायब उपरिक्षकको भूमिकामा छन् । यस चलचित्रमा अभिनेता शाहीले डीएसपी अमन सिंहको भूमिका निर्वाह गरेका छन् ।

अनुप प्रायः खल पात्रको भूमिकामा देखिँदै आएका थिए भने यस चलचित्रमा भने एक सच्चा प्रहरी अफिसरको रुपमा छन् । सत्य सेवा सुरक्षणम् नारा बोकेको यो चलचित्रमा अपहरणकारी, भ्रष्टाचारी, गुन्डागर्दी बिरुद्धको कथामा केन्द्रित छ ।

अग्रज कलाकार सम्राट सापकोटाको निर्देशनसँगै लेखन रहेको छ चलचित्रमा । यो उनको यो डेब्यु निर्देशन चलचित्र हो । तीन दशक लामो फिल्मी यात्राको अनुभव समेटेर उनले निर्देशनमा हात हालेका हुन् ।

अनुपसँगै यो चलचित्रमा सन्दिपा लिम्बु, अमित गिरी, रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठ, बब्लु विक्रम थापा, अनुपमा भण्डारी, रोशन सुवेदीलगायतका कलाकारको अभिनय रहेको छ ।

आर्या मुभिज र सारा श्री मुभिजको संयुक्त व्यानरमा निर्माण भएको यो चलचित्रलाई राम शाक्यले निर्माण गरेका हुन् । सुसन प्रजापतिको छायाँकन, बिजय घिमिरेको सङ्गीत, कविराज गहतराजको नृत्य, बिपिन मल्लको सम्पादन रहेको छ चलचित्रमा ।

यसमा तपाइको मत

अन्य समाचार