लुम्बिनी भ्रमण वर्षको शुभारम्भ

काठमाडौं,
जेठ ५ ।

राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार लुम्बिनीमा लुम्बिनी भ्रमण वर्ष २०७६ को शुभारम्भ गरेकी छन् । २५६३औँ बुद्ध जयन्तीको अवसरमा ‘लुम्बिनी भ्रमण वर्ष’को शुभारम्भ गरिएको हो । समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले ‘लुम्बिनी भ्रमण वर्ष’ले नेपालको पर्यटनलाई थप टेवा दिने बताइन् ।

त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जन्मस्थल लुम्बिनीलाई विश्वशान्तिको प्रेरणास्थलका रुपमा विकास गर्ने प्रतिबद्धता जनाए । शुक्रबार नै लुम्बिनी पुगेका उनले २५६३औंँ बुद्धपूर्णिमाको अवसरमा लुम्बिनीस्थित थाई विहारमा आयोजित भिक्षुभिक्षुणीलाई संघ दान गर्ने कार्यक्रमको अवसरमा बुद्धसमुदायसँगको सहकार्यमा लुम्बिनीको पुनर्जीवन दिने गरी काम अघि बढाउने प्रतिबद्धता जनाएका हुन् ।

यसमा तपाइको मत

अन्य समाचार