काँकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रु बस त्रिशूलीमा खस्दा पाँच जनाको मृत्यु

काठमाडौं,
जेठ ५ ।

झापाको काँकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रु बस धादिङमा आज बिहान दुर्घटना हुँदा चार जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ । ना७ख ४३८७ नंको बस गजुरी गाउँपालिका – ६ बन्छेटारबाट त्रिशूली नदीमा खसेको हो ।

दुर्घटनामा परी २९ घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जानकारी गराएको छ । घाइतेको उद्धारका लागि नेपाली सेना, जनपथ, सशस्त्र प्रहरी र स्थानीयवासी खटिएका छन् । दुर्घटना के कारणले भयो भन्ने खुलेको छैन ।

यसमा तपाइको मत

अन्य समाचार