टेलिचलचित्र ‘हर्के हल्दार’ चारसय भागमा प्रवेश

काठमाडौं,
माघ २३ ।

बिगत ९ बर्ष देखि निरन्तर रुपमा कान्तिपुर टेलिभिजन बाट प्रत्येक बुधबार राति ७ बजे प्रसारण भईरहेको चर्चित हास्य ब्यङ्ग टेलिचलचित्र ‘हर्के हल्दार’ चारसय भागमा प्रवेश गरेको छ ।

समसमाहिक बिषय बस्तुलाई ब्यङ्गत्माक तबरबाट सामाजिक सदभाब फैलाउदै हरेक नेपालीको मन मुटुमा बस्न सफल टेलिचलचित्र ‘हर्के हल्दार’ चारसय भागसम्म आइपुग्दा हरेक नेपालीको ढुकढुकी बन्न सफल भएको छ ।

समाजका विसङ्गति विकृतिहरु माथि चोटिलो प्रहार गर्दै आएको ‘हर्के हल्दार’ले निरन्तर रुपमा सफलता हासिल गर्दै गएको छ ।

शिव शर्माको लेखन रहेको ‘हर्के हल्दार’को मुख्य भूमिकामा बिष्णु सापकोटा (हर्के र लाउरे) दोहोरो भूमिकामा, शिबहरि बैरागी (झम्के), सुरेन्द्र केसी (झगडे बिष्ने(, जयनन्द लामा (ग्याल्बो), सुशील पोखरेल, मंजु श्रेष्ठ, रोशनी सापकोटा (बाहुनी), इन्द्र दोङ्ग (खम्बे), शिब शर्मा, सरु दाहाल (देउती), अश्मिता बस्नेत (थुम्की), शान्ति बस्नेत (बाग्मती), रचना पौडेल (बास्मती), शर्मिला शर्मा, राजेन्द्र गिरी (गुन्द्रुके),यदु धिताल, लक्ष्मण बस्नेत, निशान चिल्वाल, धर्मराज जैसी (जोगेलो), दीपेन्द्र सिलवाल, श्याम लामा, खेम खनाल तथा मिना राई रहेका छन ।

छायाँकार बुद्ध थापाको छायांकन रहेको यस टेलिचलचित्रको मेकअपमा नबराज बखती तथा संजय लामा रहेका छन् भने सम्पादनमा राज कार्की रहेका छन् ।

निर्माता इन्द्र दोङ्ग लामाको निर्माण रहेको यस चर्चित हास्यब्यङ्ग टेलिचलचित्रलार्इ बिष्णु सापकोटा तथा इन्द्र दोङ्ग लामाले निर्देशन गरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार