अर्गानिक तुलसी चिया नेपाली बजारमा

अर्गानिक ईन्डियाका उत्पादनहरु अब नेपलमा पाईने भएको छ । अर्गानिक ईन्डियाले एक कार्यक्रम आयोजना गरी अर्गानिक तुलसी चिया नेपालमा भित्र्याएको छ । खास गरी चियाका पारखीहरुलाई लक्षित गरी कम्पनीले तुल्सी ग्रिन टिका पामिग्रानेट, लिमनजिन्जर, क्लासिक, अर्ल ग्रे र जस्मिन गरी ५ विभिन्न स्वादमा नेपालमा ल्याएको हो ।

हाल भारतमा मात्र उत्पादन भईरहेको चिया नेपाली माटो, वातवारण र चिया उत्पादनको लागि सुहाउँदो जमिन पाएमा नेपालमा पनि यसको उत्पादन गर्ने योजना रहेको अर्गानिक ईन्डियाका अन्तर्राष्ट्रिय व्यापारका जनरल म्यानेजर गुरप्रित सिंहले बताए ।

सिंहले नेपालमा अर्गानिक चियाबाट बजार शुरु गरेको र विस्तारै आफ्ना अन्य उत्पादनहरु पनि नेपाली बजारमा ल्याउने योजना रहेको जानकारी दिए ।

यसमा तपाइको मत

अन्य समाचार