डीआरको ‘माया प्रितिको अनौठो रुप रङ्ग…’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
माघ २२ ।

डा. डीआर उपाध्यायको गीत ‘माया प्रितिको अनौठो रुप रङ्ग…’ सार्वजनिक भएको छ । सागर अधिरकारी ‘शरद’ र प्रविशा अधिकारीको स्वर, सागरकै सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

बसन्त सापकोटाले निर्देशन गरेको गीतको भिडियोमा डा. डीआर उपाध्याय र अनु पराजुलीलाई फिचरिङ गरिएको छ ।

गीतको शब्द जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ । अर्जुन सापकोटाको छायाँकन रहेको गीतको भिडियोलाई अनिलकुमार महर्जनले सम्पादन गरेका हुन् । गीतको भिडियोलाई डीआर म्युजिक एण्ड ट्रेण्डिङबाट सार्वजनिक गरिएको हो ।

यसमा तपाइको मत

अन्य समाचार