डोलेश्वर मन्दिर संरक्षण समितिको नेतृत्वमा बालहरि

मुना न्यौपाने
भक्तपुर,
माघ २२ ।

प्रसिद्ध धार्मिकस्थल केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिको १०औँ साधारणसभा सम्पन्न भएको छ । १०औँ साधारणसभाले बालहरि चालिसेको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति गठन भएको छ ।

जसमा उपाध्यक्षद्वय सूर्यबहादुर खाईटुर मोहन गिरी, महिला उपाध्यक्षमा निर्मला सञ्जेल, महासचिव धर्मराज बस्नेत, सचिवद्वय हरिशरण बस्नेत र विश्वराम थापा, कोषाध्यक्ष मोहन बल्ल, सहकोषाध्यक्ष दिलिप केसी, सदस्यहरुमा राजनकाजी त्वाटी, ई। कविराम थापा, विनोद भट्टराई, मुकुन्द शर्मा, दीपक बस्नेत, गीता थापा, सुनिता थापा र केदारप्रसाद उपाध्याय रहेका छन् ।

सो समितिले डोलेश्वर महादेव मन्दिरको निम्ति भावी योजना र विविध धार्मिक कार्यक्रमहरु सञ्चालन गर्नको लागि वार्षिक कार्ययोजनाका साथ नयाँ जोश जाँगरका साथ अगाडि बढिरहेको निर्वाचित अध्यक्ष बालहरि चालिसेले बताए ।

यसमा तपाइको मत

अन्य समाचार