सन्दिपको लालुमाई

काठमाडौं,
माघ २१ ।

गायक तथा मोडल सन्दिप न्यौपानेको नयाँ गीत लालुमाईको छायांकन सम्पन्न भएको छ । शिव हमालको शब्द तथा लय सृजना साथै गायिका बिष्णु माझी र सन्दिप न्यौपानेको आवाजमा रहेको रहेको ‘लालुमाई’ गीतको म्युजिक भिडियो ललितपुरको गोदावरीमा छायांकन गरिएको हो ।

प्रकाश भट्टको निर्देशनमा रहेको यो गीतमा सन्दिप न्यौपाने र श्रृष्टी खड्काको अभिनय रहेको छ । भिडियो राजेश घिमिरेको छायांकनमा बजारमा आउन लागेको हो ।

गायक तथा मोडल सन्दिप न्यौपाने पछिल्लो समय स्रोता दर्शकले रुचाएका कलाकार हुन् । गायन र मोडलिङलाई संगै लिएर अघि बढिरहेका न्यौपाने लोक गीतको क्षेत्रमा अझ परिचित जस्तो देखिएपनि उनि सबै प्रकारका गीतहरु गाउन सक्ने क्षमता राख्ने गायक हुन् भने उनको अभिनयकला पनि त्यतिकै शसक्त रहेको छ ।

आफैं गीत लेखनमा समेत सक्षम यी गायक शब्दको मर्मलाई ध्यानमा राखेर अभिनय गर्ने कलाकारका रुपमा चिनिन्छन् ।

यसमा तपाइको मत

अन्य समाचार