सरकारविरुद्ध कांग्रेसको प्रदर्शन

काठमाडौं,
माघ २१ ।

आज (सोमबार) नेपाली कांग्रेसले सरकारविरुद्ध देशभर प्रदर्शन गरेको छ । कांग्रेसले काठमाडौंसहित देशका सबै ७७ जिल्ला सदरमुकाममा प्रदर्शन गरेको हो ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राजधानीको रत्नपार्कस्थित शान्ति वाटिकाबाट विरोध प्रदर्शन सुरु गरेको थियो । रत्नपार्क, बागबजार, पुतलीसडक प्रदर्शनीमार्ग हुँदै सहिद गेट हुँदै पुन शान्तिवाटिकामा पुगेर विरोधसभा गरेको छ ।

सरकारले जनभावना विरोधी कामलाई अगाडि बढाएको, प्रमुख प्रतिपक्षलाई बेवास्ता गरेको तथा जनभावना विपरित काम गरेको भन्दै सरकार विरुद्ध सडकदेखि सदनसम्म आन्दोलन गर्ने घोषणा गरेको थियो ।

यसमा तपाइको मत

अन्य समाचार