शान्तिप्रियको ‘याद तिम्रो धेरै आइरह्यो’

काठमाडौं,
माघ २१ ।

वरिष्ठ रङ्ग पत्रकार तथा गीतकार शान्तिप्रियको अधर एल्वममा समाविष्ट गीत ‘याद तिम्रो धेरै आइरह्यो…’ को भिडियो निर्माण गरिएको छ । एल्वमको पाँचौं गीत ‘याद तिम्रो धेरै आइरह्यो…’ सँगै अधर एल्वममा समावेश गरिएका सम्पूर्ण गीतको भिडियो निर्माण कार्य सकिएको शान्तिप्रयले बताए । उनका अनुसार यस अघि नै चार वटा गीतको भिडियो सार्बजनिक भइसकेका छन् ।

दोस्रो एल्वम आकृतीका लागि तयारी गर्दै गरेका प्रिय पछिल्लो समयमा चलचित्र गीत लेखन तथा आधुनिक गीती लेखनमा उत्तिकै सक्रिय रहेका छन् ।

याद तिम्रो धेरै आइरह्यो मिल्छ भने थोरै घटाइदेउ
सम्झी सम्झी रुनु भन्दा मिल्छ भने हासो पठाइदेउ…

गीतको भिडियो निर्देशन चर्चित कलाकार निर्मल शर्माले गरेका छन् । गीतको छायांकन वरिष्ठ छायांकार राजु के.सी.ले गरेका हुन् भने श्रृंगार निर्मला आचार्यले गरेकी छिन् । गीतको सम्पादन विरेन्द्र भाट ‘विपिन’ले गर्ने छन् । युबराज चौलागाईंको स्वर रहेको गीतमा अर्जुन पोखरेलको सङ्गीत रहेको छ ।

गीतमा अभिनेता श्रीदेव भट्टराई र अभिनेत्री अनामिका चौलागाई एवम् राम ढकालको अभिनय हेर्न पाइन्छ । अभिनेता भट्टराई र अभिनेत्री चौलागाईको केमेष्ट्री खुलेको पनि छ ।

अभिनेता श्रीदेव भट्टराई र अभिनेत्री अनामिका चौलागाई नेपाली चलचित्र तथा म्युजिक भिडियोमा क्रमश… जम्दै गरेका छन् ।

छायाँछवि क्रियशनले निर्माण गरेको म्युजिक भिडियो फाल्गुनको पहिलो साता सार्वजनिक गरिने छायाँछवि क्रियशनले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार