सञ्जिब र टीकाको ‘कर्के नजर’ (भिडियोसहित)

काठमाडौं,
माघ २१ ।

सञ्जिब पराजुली र टीका प्रसाईंको गीत ‘कर्के नजर’ सार्वजनिक भएको छ । आनन्द अधिकारीको शब्द र आशीष अविरलको सङ्गीत तथा एरेन्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । यो गीत सञ्जिब र टीकाको संयुक्त एल्बम ‘सँग सँगै’मा समावेश छ ।

भिडियोमा भाइब एण्ड वेब ग्रुपसँगै राहुल शाह, अलीशा शर्मा र बाल कलाकारद्वय आर्या केसी र रन्जिता कर्माचार्य फिचर्ड छन् । भिडियोमा राहुलकै निर्देशन छ । भिडियोमा पवन सुस्लिङको सम्पादन तथा छायाँकन छ ।

गायक सञ्जिब र गायिका टीकाले यसअघि गाएको ‘नाइँ मलाई थाहा छैन’, ‘तिमी मलाई मन पर्छ’, ‘पहिलो भेटैमा’, ‘अलि अलि गर्दै’ बोलका गीत दर्शक÷स्रोताको रोजाईमा परेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार