नेपालद्वारा युएई ४ विकेटले पराजित

काठमाडौं,
माघ १८ ।

नेपालले यूएईलाई ४ विकेटले पराजित गरेको छ । टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको आज भएको दोस्रो खेलमा नेपालले यूएईलाई ४ विकेटले पराजित गरेको हो ।

यूएईले दिएको १०८ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले १९ दशमलब ३ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरी र पवन सर्राफले राम्रो खेल्दै जिततर्फ लगेका थिए ।

यसमा तपाइको मत

अन्य समाचार