रहनुभएन बीएस राणा

काठमाडौं,
माघ १८ ।

बरिष्ठ कलाकार बीएस राणाको निधन भएको छ । उहाँको उपचारको क्रममा काठमाडौंको टिचिङ अस्पतालमा निधन भएको हो । राणा केही समयदेखि बिरामी हुनुहन्थ्यो ।

राणाको ७८ बर्षको उमेरमा निधन भएको हो । राणाले सय भन्दा बढी नेपाली चलचित्रमा अभिनय गर्नुभएको थियो । उहाँले केही टेलिसिरयलमा पनि अभिनय गर्नुभएको थियो ।

राणाले अभिनय गरेका चलचित्रहरुमा ‘दक्षिणा, कोसेली, चिनो, दुई थोपा आँशु, नेपाली बाबु, करोडपति, दर्पण छाया २, सेतो बाघ, हवल्दार सुन्तली, काफल पाक्यो, सम्बोधन, साथी म तिम्रो, आई एम सरी, कसले चोर्यो मेरो मन, दासढुंगा, बसन्ती, दाग’लगायतका थिए ।

मिलाप परिवार उहाँप्रति भावपुर्ण श्रद्धाञ्जली आत्माको चिरशान्तिको कामना गर्दछौ साथै शोकाकुल परिवारमा हार्दिक समेवदना व्यक्त गर्दछ ।

यसमा तपाइको मत

अन्य समाचार