सिनेमाघरमा तीन चलचित्र

काठमाडौं,
माघ १८ ।

शुक्रबार प्रदर्शन अन्तर्गत आजदेखि देशभरका सिनेमाघरमा तीन चलचित्र प्रदर्शनमा आएका छन् । आजदेखि सिनेमाघरमा आएका चलचित्र हुन ‘सयकडा दश’, ‘गोपी’ र ‘रणवीर’ ।

‘सयकडा दश’ बाट हास्यकलाकार मनोज गजुरेलले अभिनय यात्रा सुरु गरेका छन् । भष्ट्राचारले समाज र परिवारमा पार्ने प्रभावको कथा भन्ने चलचित्रमा मनोजसँगै सोनिया राई, अमृत ढुंगाना, करुणा श्रेष्ठ, उत्सव न्यौपाने, राजाराम पौडेल, अमित पोखरेल, रवि डंगोल, रश्मी भट्टलगायतको अभिनय रहेको छ । रामशरण पाठकको निर्देशन रहेको ‘सयकडा दश’ले भष्ट्राचार विरुद्धको प्रेम बोल्छ ।

रज्जु प्रधान, उत्तम खत्री, डीआर उपाध्याय, संजीव न्यौपानेले दर्शन नेपाल क्रिएसनको ब्यानरमा चलचित्र निर्माण गरेका हुन् । चलचित्रका रामेश्वर कार्की छायांकार हुन् । बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको चलचित्रमा रज्जु प्रधानको कथा छ । हास्यकलाकार राजाराम पौडेल चलचित्रको कार्यकारी निर्मातामा रहेका छन् ।

दीपेन्द्र लामा निर्देशित चलचित्र ‘गोपी’मा अभिनेता विपिन कार्की टाइटल क्यारेक्टरमा छन् । गाइपालक किसानको कथा रहेको चलचित्रमा उनीसँगै वर्षा राउत, सुरक्षा पन्त, भोलाराज सापकोटा, अंकित खड्कालगायतका कलाकारहरुको अभिनय रहेको छ ।

आरोही केसी निर्माता रहेको चलचित्रमा श्रीधर पौडेल कार्यकारी निर्माताको रुपमा छन् । सामिप्यराज तिमल्सिनाको स्क्रिनप्ले रहेको यो चलचित्रलाई शैलेन्द्र डी. कार्किले खिचेका हुन् । कोरियोग्राफरको रुपमा गोविन्द राई छन् ।

यस्तै गोविन्द सिंह भण्डारीको ‘रणवीर’ बदलाको कथामा बनेको छ । गोमा बिष्ट थापा र दीपेन्द्र रेग्मी निर्मित लभ तथा एक्सन ड्रामा चलचित्र ‘रणवीर’मा शुशील सिटौला, प्रशान्त ताम्राकार, शुभेच्छा खड्का, सुपुष्पा भट्ट, रवि गिरी, नरेश पौडेललगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रमा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, गम्भिर बिष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ । हर्कुलस बस्नेत, सुशान्त गौतम र अमित श्रेष्ठको सङ्गीत रहेको चलचित्र एक्सनसँगै शिक्षित युवाले समाजमा गर्ने संघर्षको कथा भन्छ ।

यसमा तपाइको मत

अन्य समाचार