स्वार्थी छ दूनिया भन्दै डीआर (भिडियोसहित)

काठमाडौं,
माघ १८ ।

डा. डीआर उपाध्यायको ‘स्वार्थी छ  दूनिाया…’ गीत सार्वजनिक भएको छ । डीआरको शब्द, सन्तोष श्रेष्ठको सङ्गीत र दीप श्रेष्ठको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

डीआर म्युजिक एण्ड ट्रेडिङबाट सार्वजनिक गरिएको लिरिक भिडियोमा सन्तोष र विष्णुको सम्पादन रहेको छ ।

साहित्यकार तथा गीतकार डा. डी.आर. उपाध्यायले केही समयअघि नेपाली एल्बम प्रकाशनमा एकैपटक सबैभन्दा धेरै एल्बम निकालेर नयाँ रेकर्ड राखेका थिए । राष्ट्रकवि माधवप्रसाद घिमिरेको हातबाट एकैपटक सात एल्बम विमोचन गरिएको थियो ।

उनका एक उपन्यास ‘दगाबाज’सहित एल्बम ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’ र ‘सहेली’ विमोचन गरिएको थियो ।

उपाध्यायका यसअघि ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘स्वार्थी’, ‘त्यागी’, ‘वज्राधात’, ‘अपवित्र छायाँ’ र ‘बिटुली’ जस्ता उपन्यास पाठकमाझ आइसकेका छन् ।

पद्मदीप स्मृति प्रतिष्ठानको आयोजनामा डी.आर.का गीति एल्बमका बारेमा देशका सात प्रदेशस्तरमा पनि लोकार्पण र समीक्षा तथा जिल्लास्तरको साहित्य अनि सङ्गीतको बारेमा छलफल गर्न अभियान चलाइएको थियो भने देश बाहिर सिक्किममा समेत लोकार्पण गरिएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार