फेब्रुअरी तीनमा नेपाल आईडल मेल्बर्न कन्सर्ट

सिड्नी,
माघ १७ ।

यहि फेब्रुअरी तीन तारीखमा आयोजना हुने नेपाल आईडल मेल्बर्न कन्सर्टको तयारी पुरा भएको आयोजक संस्थाका प्रमुख बिभुषण जोशीले बताएका छन् । कन्सर्टका लागि कलाकारको समुह दुई फेब्रुअरी अर्थात् शनिबार मेल्बर्न पुग्नेछन् ।

नेपाल आईडलका बिजेतासँगै उत्कृष्ट ६ का प्रतियोगीहरुले अष्ट्रेलियाको पर्थ र ब्रिस्बेनमा कन्सर्ट गरिसकेका छन् । दुबै कन्सर्टलाई सन्तोषजनक रुपमा हेर्न सकिन्छ । यद्दपी मेल्बर्न कन्सर्टलाई भने अझ सशक्त र धेरै दर्शकहरुको सहभागीता गराउन आयोजक प्रयासरत छ ।

आयोजक जोशीकाअनुसार तीन सय टिकट बिक्रि भइसकेको र दुई सय टिकट बुकिङ रहेकाले अहिले सम्मको ग्रस टिकट पाँच सय गएको बताए । तर, आयोजकको टार्गेट भने छ सय प्लस रहेको पनि उनले जनाए ।

स्मार्ट एक्सेस ईन्टरटेण्मेण्टले आयोजना गरेको नेपाल आईडलको मेल्बर्न कन्सर्टमा नेपाल आईडल दुईका बिजेता रबि ओड सहित बिक्रम बराल, सुजित पाठक, अस्मिता अधिकारी सहित पबन गिरीले लाईभ कन्सर्ट दिदैछन् ।

आयोजककाअनुसार यस पटकको नेपाल आईडलको कन्सर्ट भब्य हुने र मेल्बर्नबासी नेपालीहरुको उल्लेख्य सहभागीता रहने दाबि गरेका छन् । गत महिनानै कन्सर्टको अर्ली बर्ड टिकट समेत सोल्ड आउट भएको थियो । नेपाल आईडलको कन्सर्टलाई रिमा विश्वकर्माले सञ्चालन गर्दै आएकी छिन् ।

यसमा तपाइको मत

अन्य समाचार