गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउँदै धुर्मुस सुन्तली फाउन्डेसन

काठमाडौं,
माघ १७ ।

धुर्मुस सुन्तली फाउन्डेसनले ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणको घोषणा बुधबार गरेको छ । चितवनमा भरतपुर महानगरपालिकाले दिएको जग्गामा कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुुन्तली’को फाउन्डेसनले अन्तर्राष्ट्रिय रंगशाला बनाउने घोषणा गरेको हो ।

तीन अर्वको लागतमा करिब साढे दुई वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्यसहित चितवनको भरतपुरमा अन्तर्राष्ट्रिय रङ्गशाला बनाउने घोषणा कार्यक्रम राजधानीको राष्ट्रिय सभागृहमा गरिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीसहित विभन्न दलका शीर्ष नेताको ऐक्यबद्धताबाट सुरु गरिएको घोषणासभामा विभिन्न व्यापारिक समूह र व्यापारिले सहयोगको घोषणासमेत गरे ।

कार्यक्रममा रंगशाला निर्माण गर्ने सम्झौता पत्रमा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल र फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेलले हस्ताक्षर गरेका छन् । फाउन्डेसनले निर्माण सुरु गरेकै दिन हस्तान्तरणको मिति तोकेर काम पूरा गर्ने प्रतिबद्धता घोषणासभामा गरेको छ ।

कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्ड, हास्य कलाकार मदनकृष्ण श्रेष्ठसहित दलका नेता एवम् विशिष्ट व्यक्तिहरू उपस्थित थिए ।

यसमा तपाइको मत

अन्य समाचार