मेलिना र सुन्दरको ‘मास्टर प्लान’ (भिडियोसहित)

काठमाडौं,
माघ १६ ।

सुन्दर भीकेटी ‘क्यालेण्डर’पछि ‘मास्टर प्लान’सहित साङ्गीतिक क्षेत्रमा देखिएका छन् । सार्वजनिक ‘मास्टर प्लान’ बोलको गीतमा सुन्दरसँगै अहिलेकी चर्चित गायिका मेलिना राईको स्वर रहेको छ ।

जुन गीत सार्वजनिक गरिएसँगै चर्चामा छ । यस गीतको भिडियोमा पछिल्लो समय चर्चामा रहेको डान्स क्रियु कार्टुन क्रुलाई फिचरिङ गरिएको छ ।

गायक सुन्दरले यसअघि ‘क्यालेण्डर’ बोलको गीत ल्याएका थिए । उक्त गीतलाई पनि दर्शक तथा स्रोताले औधी रुचाएका थिए ।

खेमराज थापाको शब्द, शंकर थापा ‘स्माईल’को सङ्गीत र उदयराज पौडेलको एरेन्ज रहेको गीतअनुसार भिडियो पनि राम्रो बनेको छ ।

ज्ञानेन्द्र शर्मा हुमागाइँको छायाँकन र लाक्पा डी. लामाको सम्पादन रहेको यस भिडियोलाई सरोज अधिकारीले निर्देशन गरेका हुन् ।

गत वर्ष सार्वजनिक भएको सुन्दरको ‘क्यालेन्डर’ले युट्युबमा १ करोडभन्दा भ्युअर्स पाइसकेको छ । यसैबेला उनले ‘मास्टर प्लान’ ल्याएका हुन् ।

यसमा तपाइको मत

अन्य समाचार