‘फिङ्गर प्रिन्ट’को ‘चाहिदैन भो…’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
माघ १६ ।

चलचित्र ‘फिङ्गर प्रिन्ट’को गीत सार्वजनिक भएको छ । नवीन निरौलाको लेखन र निर्देशनमा बनेको चलचित्र ‘फिङ्गर प्रिन्ट’को ‘चाहिदैन भो…’ बोलको रोमामन्टिक गीत सार्वजनिक गरिएको हो ।

सार्वजनीक गीतमा दीपक लिम्बूको स्वर, दयाराम पाण्डेको शब्द र अर्जुन पोखरेलको सङ्गीत छ । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोमा राज क्षितिज र आयुष्मा कार्कीलाई फिचर गरिएको छ ।

मेडिकल साइन्सको बिषयमा केन्द्रित चलचित्रको निर्माता अनिल श्रेष्ठ (रोमन) हुन् । चलचित्रमा आयुष्मा र राजका साथमा दीपक त्रिपाठी, सरिता लामीछाने, रमेश बुढाथोकी, आनन्द पुन, शंकर आचार्य, अनुरुप पोखरेल, जेसिका भुसाललगायतका कलाकारले अभिनय गरेका छन् ।

सुमन तण्डुकार र राहुल राईले खिचेको चलचित्रले भरपुर मनोरञ्जनका साथै समाजोपयोगी सन्देश प्रवाह गर्ने दावी निर्देशक नवीनको छ ।  आगामी फागुन १० देखि देशभरका सिनेमाघरमा आउँन लागेको यो चलचित्र आरआर फिल्मसले बितरण गर्दै छ ।

यसमा तपाइको मत

अन्य समाचार