मेलिना र वीरेन्द्रको स्वरमा ‘डम्फु र टुङना’ (भिडियोसहित)

काठमाडौं,
माघ १५ ।

मेलिना राई र वीरेन्द्र मालाकार स्वरमा रहेको सेलो गीत ‘डम्फु र टुङना’ सार्वजनिक भएको छ । वीरेन्द्रकै शब्द र टंक बुढाथोकीको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

अजय स्याङ्ग्तानको कोरियोग्राफी तथा निर्देशन रहेको गीतको भिडियोलाई चक्र महर्जनले छायांकन गरेका छन् ।
गीतको भिडियोमा सुष्मा मोक्तान तथा बिशाल सेनेहाङ लिम्बुको आकर्षक नृत्य तथा अभिनय देख्न सकिन्छ ।

यसमा तपाइको मत

अन्य समाचार