नेशनल पावर न्युज म्युजिक अवार्डका उत्कृष्ट पाँचलाई प्रमाणपत्र

काठमाडौं,
माघ १५ ।

नेशनल पावर न्युज म्युजिक अवार्डमा उत्कृष्ट पाँचमा पर्न सफल स्रष्टा/सर्जकलाई प्रमाणपत्र प्रदान गरिएको छ । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री माननिय लालबाबु पण्डितको प्रमुख आतिथ्यतामा आयोजक पावर ईनटरनेशल मिडिया नेपाल (पिम नेपाल)ले प्रमाणपत्र वितरण गरेको हो ।

नेपालको पहिलो समावेशी अवार्ड भनिएको यो म्युजिक अवार्डमा कुल ५१ वटा विधामा यही माघ २४ गते राष्ट्रिय नाचघरमा अवार्ड दिइदै छ ।

नेपालमा बोलिने विभिन्न भाषा भाषीको सम्मान उद्देश्यले गत वर्ष देखी आयोजना हुदै आईरहेको समावेशी अवार्डमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने पाँच जनालाई सम्मान गरिने आयोजक पक्षले जनाएको छ ।

कार्यक्रममा वरिष्ठ चलचित्रकर्मी मोहन निरौला, वरिष्ठ पत्रकार शान्तिप्रिय, भरत बम्जन, विजयरत्न तुलाधर, चलचित्र पत्रकार संघ उपाध्यक्ष गीता अधिकारी सङ्गीतकर्मी जुगल डंगोल, पत्रकार श्याम स्मृत, मोहन पन्त, किरण अधिकारी, सुर्य चन्द सविता पोखरेल, राष्ट्रिय सङ्गीतकर्मी संघका अध्यक्ष राजेनद्र कार्की, उपाध्यक्ष श्याम धिताल र विक्रमजंग शाह प्राविधिक एवम् कलाकार विपिन भाट, पूर्ण राई, लव प्याकुरेल, च्याङ्वा लामा, ईन्दिरा भट्टराई, रविन आचार्य, राजन थापा र नमस्ते नेपाल ईन्टर नेशनलका शिशिर मगर, अमिर न्यौपाने, नवराज थापा, गोपाल परियार, नागेन्द्र चौलागाई र सम्झाना डोटेललगायतका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

म्युजिक अवार्डकी संयोजक कमला जोशीको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई कार्यक्रमकम अध्यक्ष माधव राज खरेल र सदस्य सचिव श्रीदेव भट्टराईले कार्यक्रम सञ्चालन गरेका थिए ।

यसमा तपाइको मत

अन्य समाचार